लियोनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ ।
प्रशिक्षक लियोनल स्कोलानीले कोभिड १९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।
पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए ।
मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् ।
ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।
अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया