आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा
मेरोन्यूज
२०७८ माघ ६ गते १७:४६

कास्की । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो ।
एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।
६०औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए । हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया