स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड-१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।
अध्यक्ष निरौलासँगै उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव तेजप्रसाद ढकाल र बिन्दु महर्जनले आज काठमाडौैँ महानगरपालिका–४ स्थित जिल्ला कार्यालयमा पदभार ग्रहण गरेका थिए । बैठकमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश कमिटी सदस्य गणेशप्रसाद दुलाललगायतको उपस्थिति थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया