बिहीबार, पुष १०, २०८२

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

मेरोन्यूज २०७८ माघ ७ गते १५:५१

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि पनि स्थगित गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले कोभिड १९ को कारण देखाउँदै माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

कोभिड १९ को संक्रमणको जोखिम बढ्दै गएपछि कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि स्थगित गरेको हो ।

कांग्रेस महाधिवेशन सम्पन्न भइसक्दा पनि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । कांग्रेस निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै कोरोना न्यूनीकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएको जिल्लाको अधिवेशन गरिने उल्ल्ेख छ ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया