मंगलबार, पुष ८, २०८२

रासायनिक मल जीटूजीको माध्यमबाट खरिद गरिनेः प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ माघ ७ गते १६:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल जीटूजीको माध्यमबाट खरिद गरिने बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले किसानहरूलाई समयमै रासायनिक मल वितरण गर्न बजेट वृद्धि गरेर १५ अर्ब पु¥याइएको बताए ।
१ लाख ३ हजार मेट्रिक टन मल आयात गरेर वितरण गरिएको पनि उनले बताए ।

थप रसायनिक मल आयतका लागि १३ अर्ब बजेट व्यवस्थापन गरेको भन्दै उनले जीटूजी माध्यामबाट थप रासायनिक मल खरिद प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया