प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी

सिमकोट । हुम्ला जिल्ला सदरमुकाममा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।
सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका हुन् ।
सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्युत् आउला भनेर कुर्ने गरेको बताए । रलिङ फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले हिल्दुम साना जलविद्युत आयोजनाले माग बमोजिमको विद्युत् पूर्ति गर्न नसकेको बताएका छन् ।
पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत आयोजना कार्यालय स्रोतले जनाएको छ ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका ७० भन्दा बढी व्यापार व्यवसाय नेपाल सरकारको इजाजत पत्र लिएर सञ्चालनमा रहेका छन् ।
हुम्ला जस्तो जिल्लाका स्थानीय नागरिकलाई सस्तो र छिटो सेवा चाहिने भएको भएता पनि लोडसेडिङका कारण आफ्ना ग्रिकलाई भनेको जस्तो सेवा दिन नसकोको र २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको पानस सपिङ एण्ड डिजिटल फोटोग्राफीका सरोज रावतले बताए ।
सिजन सुरु भएपछि पर्यटकले खचाखच हुने सिमकोटका होटेल व्यवसायीले पर्यटकलाई सुविधा दिन नसको बताएका छन् । मानसरोवर होटेलका सञ्चालक चिन रावतले विद्युत् नहुँदा जेनरेटरबाट काम गर्नु पर्ने र त्यसबाट उपभोक्तालाई महँगो पर्ने बताएका छन् ।
केन्द्रका २१ सयभन्दा बढी ग्राहक रहेको हिल्दुम साना जलविद्युत आयोजनामा पानीको श्रोत कम भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि नै लोडसेडिङ गर्न बाध्य भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया