नेपाल र मौरिससबीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र मौरिससबीच मैत्रीपूर्ण खेल हुने भएको छ । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आउँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने जानकारी दिए ।
टोली बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल सुरु हुने समय भने बताइएको छैन ।
यस्तै, दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ ।
यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ ।
हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन् ।


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया