इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १(१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे ।
भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल२-० ले अगाडि बढ्यो ।
५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थिति झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३(१ को जित दिलाए ।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे ।
४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जित तर्फ अग्रसर भयो ।
जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ ।
राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ गोलको बराबरी खेले ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया