भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लाग्दै

भक्तपुर । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
संक्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमितसङ्ख्यासमेत ह्वात्तै बढेको छ।
जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ। कूल सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ।
तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्। जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन्।
तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन्। मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए।
सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। एचडियूमा चार, आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।
जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन्।
कोरोना संक्रमणले हुनेको सङ्ख्या ३६० पुगेको छ। माघ ८ गते एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो । रासस
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया