भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लाग्दै

भक्तपुर । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
संक्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमितसङ्ख्यासमेत ह्वात्तै बढेको छ।
जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ। कूल सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ।
तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्। जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन्।
तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन्। मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए।
सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। एचडियूमा चार, आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।
जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन्।
कोरोना संक्रमणले हुनेको सङ्ख्या ३६० पुगेको छ। माघ ८ गते एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो । रासस
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया