मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे
मेरोन्यूज
२०७८ माघ १० गते १४:२१

काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागु गरेको छ ।
यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।
सम्बन्धित


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया