नेपाली क्रिकेट टोलीको ग्लोबल छनोटको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ ।
आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।
ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिगबासमा रहेको कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।
ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० श्रृंखला खेल्नेछ । उक्त श्रृंखलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । यो श्रृंखलालाई नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ । यो श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रअरी ११ मा खेल्दैछ ।
यस्तै, दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमन रहेका छन् ।
यस्तै, समूह १ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसबाट फाइनल प्रवेश गर्ने दुबै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।















वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया