पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात ब्यवसायीको माग
मेरोन्यूज
२०७८ माघ १० गते २०:०४

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
‘पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासङ्घले थप निर्णय लिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
सम्बन्धित
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया