टेकु अस्पतालमा आजदेखि पुनः खोप लगाउन पाइने
एक साताका लागि रोकिएको खोप अभियान पुनः सञ्चालनमा

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि पुन कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको हो ।
अस्पतालका कर्मचारीहरुमै कोरोनाको संक्रमण देखिएपछि अस्पतालले एक साताका लागि खोप अभियान स्थगित गरेको थियो । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने निर्णयमा अस्पताल पुगेको जानकारी दिए ।
सरकारी सेवा लिनका लागि सर्वसाधारणलाइृ खोप कार्ड अनिवार्य बनाएपछि अहिले खोप लगाउनेहरुको भीड वढ्न थालेको छ । यस्तोमा टेकु अस्पतालले पनि रोकेको सेवा शुरु गर्न लागेको हो ।
निर्देशक डा मनिषा रावलका अनुसार, आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
















Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया