टेकु अस्पतालमा आजदेखि पुनः खोप लगाउन पाइने
एक साताका लागि रोकिएको खोप अभियान पुनः सञ्चालनमा

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि पुन कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको हो ।
अस्पतालका कर्मचारीहरुमै कोरोनाको संक्रमण देखिएपछि अस्पतालले एक साताका लागि खोप अभियान स्थगित गरेको थियो । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने निर्णयमा अस्पताल पुगेको जानकारी दिए ।
सरकारी सेवा लिनका लागि सर्वसाधारणलाइृ खोप कार्ड अनिवार्य बनाएपछि अहिले खोप लगाउनेहरुको भीड वढ्न थालेको छ । यस्तोमा टेकु अस्पतालले पनि रोकेको सेवा शुरु गर्न लागेको हो ।
निर्देशक डा मनिषा रावलका अनुसार, आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया