शुक्रबार, पुष ११, २०८२

निर्वाचन आयोगको दबाबः स्थानीय तहको निर्वाचन मिति घोषणा गरियोस् (विज्ञप्तिसहित)

मेरोन्यूज २०७८ माघ ११ गते १५:४८

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ । सत्ता गठबन्धन दलहरुले कानून स्पष्ट नभएको भन्दै कानून संशोधनबारे छलफल गरिरहँदा आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो ।

यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारी अनुसार १४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया