भारतले बनाएको तटबन्धको जनमोर्चाद्वारा विरोध

काठमाडौं । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गापारी महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले तटबन्ध निर्माण कार्य अगाडि बढाइरहेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालसँग सहमति नलिई भारतले एकलौटी ढंगबाट जारी राखेको तटबन्ध निर्माण कार्यको भत्र्सना गरेका छन् ।
भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिइ एकलौटी ढंगबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको जनमोर्चाको ठहर छ ।
भारतले सुरु गरेको तटबन्ध निर्माण कार्यलाई तत्काल रोक्न पनि जनमोर्चाले नेपाल सरकारसँग माग गरेको छ ।
भारतले निरन्तर नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।
भारतले दशकौँदेखि दार्चुलाको कालापानीमा भारतीय सेना तैनाथ गर्नुका साथै भारतबाट तिब्बतको मानसरोवर जाने सडक निर्माण गर्ने क्रममा लिपुलेकस्थित नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण र विस्तार गरिरहेको पनि मोर्चाले जनाएको छ ।
दार्चुलाको मालघाट पारी तुइन तरिरहेका बेला भारतीय पक्षबाट नेपाली युवा जयसिंह धामीको हत्या गरिएको प्रशंग पनि जनमार्चाले स्मरण गराएको छ ।
‘सिलसिलेवार रुपमा भारतले नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दै आएको छ । तर नेपाल सरकारले यी बिषयहरुमा दृढतापूर्वक भारतसँग कुराकानी राख्न नसकेकोप्रति पनि हाम्रो दलले सरकारको आत्मसमर्पणवादी नीतिको कडा विरोध गर्दछ ।’– केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
















कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया