जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद फैसला

परासी । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ ।
सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ ।
प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो ।
जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसुर गरेको ठहर गर्दै मंगलबार अठार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेको फैसलामा उल्लेख छ ।
गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए ।
अदालतले पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ ।
प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया