श्रम स्वीकृतिबिना वैदेशिक रोजगारीमा नजान अपिल

काठमाडौं । खाडी तथा युरोपियन मुलुकमा भिजिट भिसामा गएर काम गर्दा अलपत्र परेको गुनासो बढेपछि सरकारले श्रम स्वीकृतिबिना वैदेशिक रोजगारमा नजान सरकारले अपिल गरेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा खाडीदेखि युरोपसम्म पुर्याउने गरेको भन्दै श्रम स्वीकृति विना नजान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अपिल गरेको हो ।
दक्षिणपूर्वी एसियाली, युरोपेली तथा अमेरिकी मुलुकहरुमा वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर भिजिट भिसामा जानेहरु विभिन्न ठाउँमा अलपत्र पर्ने गरेका छन् ।
त्यसरी जाने नेपाली अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।
राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेभन्दै उनले श्रम स्वीकृति लिएर मात्रै गन्तब्य मुलुकमा जान उनले सुझाए । मन्त्रालयमा यस्ता ठगीका मुद्दाहरु आइरहेको भन्दै भुसालले त्यसतर्फ सचेत गराएका छन् ।
सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ ।
भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको छ ।
मार्सल टिममा सीआइबीका डिएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिन अघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णप्रसाद श्रेष्ठ पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया