दरवन्दीपछि गायिका निर्मलाको ‘शिरफूल’को म्युजिक भिडियो बजारमा (भिडियो सहित)

काठमाडौं । चर्चित गायिका निर्मला घिसिङको स्वर रहेको ‘शिरफूल’ को म्युजिक भिडियो बजारमा आएको छ । शनिवारबाट गायिका घिसिङले ‘शिरफूल’ को म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।
यो उनको दरवन्दीपछिको दोस्रो म्युजिक भिडियो हो । भिडियो गायिका स्वंयमको युटुव च्यानल निर्मला घिसिङ युटुव च्यानलबाट सार्वजनिक गरिएको थियो ।
सानै उमेरदेखि गीत संगीतमा रमाउँदै हिडने वानी पारेकी निर्मलाले गीत-संगीतमै लामो सर्घष गरेकी छिन् । यो म्युजिक भिडियोसम्म आईपुग्दा उनले गाएका गीत नै सयौं पुगिसकेका छन् । ‘शिरफूल’को म्युजिक भिडियोको शनिवार गायिकाको बुबा, वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ, गायक तथा संगीतकार सुसन लामाले संयुक्तरुपमा दिप प्रज्वलन गरि सार्वजनिक गरेका थिए ।
काठमाडौं बनस्थली स्थित बर्गर हाउसमा विमोचन भएको उक्त म्युजिक भिडियोमा बरिस्ठ गायक एवम् संगीतकार चन्द्रकुमार दोङको संगीत,एरेन्ज फणिन्द्र राई, तथा मिक्सिङ मास्टरिङ सुमन खड्काले गरेका छन ।
पद्म मोक्तानले रचना गरेको गीतको भिडियोमा मोडलिङ क्षेत्रमा निक्कै सम्भावना बोकेकी कलाकार रोहनी लामा र नरेन मोक्तानको अभिनय छ । भिडियोको निर्देशन अजय स्याङतनले गरेका हुन भने छायाङ्कन बिक्रम मोक्तानले गरेका छन् ।
कोभिड महामाहरीका कारण औपचारिक कार्यक्रम नगरी अनौपचारिक रुपमै गायिका घिसिङले केही सिमित ब्यक्तिहरुको उपस्थितीमा म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् । तर पनि अनौपचारिक कार्यक्रममै पनि बरिस्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङ, सुशन लामा, फूल कुमार बोम्जन, खेम मोक्तान , गायिका शशिकला मोक्तान, कमला दोङ, कलाकार रजनी घिसिङ लगायत दर्जनौं कलाकारहरु सहभागी थिए ।
भिडियो विमोचन कार्यक्रममा गीतका संगीतकार चन्द्रकुमार दोङले ‘शिरफूल’ गीतमा अरु सेलोमा भन्दा तुलनात्मक रुपमा नयाँ प्रयोग तथा दर्शकले नयाँ मिठास पाउने गरि संगीत दिएको बताए । साथै उनले शिरफूल गीतका गायिका तथा मोडल रोहनी लामाको समेत खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा गायिका घिसिङले उक्त गीतमा सबैजनाले धेरै मेहनत गरेकाले दर्शकहरूले उक्त गीतलाई माया गर्ने कुरामा आफु आशावादी रहेको बताइन् । उनले भनिन,–‘मेहनत सकभर राम्रै गरेको छ, सवैले रुचाईदिनुभएको छ । आशावादी छु, दर्शकले यो म्युजिक भिडियोलाई रुचाईदिनुहुनेछ ।’
हेर्नुहोस भिडियो
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया