सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक काम बन्द
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्ताका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिन प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ । यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नु परेको जनाएको छ । प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै संक्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्ता दिनका लागि सेवा बन्द गरिएको हो ।
सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होम आइसोलोशनमा बस्दै आएका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।
कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो । यसअघिका संक्रमित निको भएर सबै घर फिर्ता भइसकेका छन् ।
हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना संक्रमित संख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।
















नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया