अलमलमा सभामुख
गठबन्धन कायम राख्ने कि, एमसीसी पास गर्ने ?

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा पूर्व सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्नीप्रसाद सापकोटा सकारात्मक बन्न नसक्दा प्रतिनिधिसभाको बैठकपछि धकेलिन पुगेको छ ।
चीनसँग नजिकको सम्बन्ध भएकाले एमसीसी संसदमा पेश गर्नबाट रोक्नु र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रेबुअरी १ को डेटलाइन पार गराउन दुवै नेताहरुले आन्तरिक सहमति गरी प्रतिनिधि सभा बैठक पर धकेलिन पुगेको स्रोतले जनाएको छ । पाँच दलीय गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई परिमार्जन गरेर मात्रै संसदमा लैजानु पर्ने अडान दोहोर्याउनु र सभामुखले संसद १० दिनपछि धकेलेपछि कांग्रेसले समेत सभामुखको भूमिकामा असन्तुष्टि प्रकट गरेको छ ।
प्रतिनिधि सभा बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको भन्दै कांग्रेसले गठबन्धनको बैठकमा समेत सभामुखको आलोचना गरेको थियो । सरकारलाई असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने हल्ला राजनीतिक बजारमा तात्तिएको छ । गठबन्धन सरकार बनेको दुई महिनापछि सभामुख सापकोटाले आफू बरु राजीनामा दिन तयार रहेको तर संसदमा एमसीसीको पेश नगर्ने बताएका थिए ।
त्यतिमात्र होइन गृह जिल्ला सिन्धुपाल्चोक पुगेर एक सार्वजनिक कार्यक्रममा जनताको मतलाई अपराधमा प्रयोग नगर्ने भन्दै संसदमा एमसीसी पेश नगर्ने संकेत गरेका थिए । तर, अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्ने संकेत गरेपछि सभामुख अन्यौलमा परेका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन कायमै राख्ने हो एमसीसी पास गरेर जाऔँ भन्ने प्रस्तावले माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झस्काएको छ । ‘अहिले प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो त्यसले गठबन्धन कायम राख्ने हो भने एमसीसी पास गरौ भन्ने जस्तो गरी एमसीसीबारे प्रस्ताव आएको छ यसले हामीलाई झस्काएको सत्य हो’, एकीकृत समावजवादीका एक नेताले भने । उनले सभामुखको गतिविधिबारे कांग्रेस विस्तारै नकरात्मक बन्दै गएको पनि स्वीकार गरे ।
शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिनुअघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको कांग्रेसका आरोप छ । संसद्को बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि कांगेस सकारात्मक बन्न सकेको छैन ।
विगतमा सभामुखकै कारण संसदमा एमसीसी पेश हुन नसकेको भन्दै एमालेले तत्कालीन सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति सन्तुष्ट हुन सकेको थिएन । अहिले कांग्रेस पनि एमालेकै तहमा पुगेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवा जसरी एमसिसी सदनमा टेबुल गराउन चाहन्छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गर्ने सर्तमा मात्र एमसिसीअघि बढाउन चाहन्छन् । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसिसी पारित गर्ने प्रस्ताव राखेको पनि राजनीतिक बजारमा हल्ला छ ।
यद्यपि, एमालले संसदमा एमसिसी पेश गर्न र पास गर्न एमालेको आवश्यकता नभएको बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सरकारसँग बहुमत भएकाले एमालेको त्यसमा कुनै पनि भूमिका नरहने बताएका छन् ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया