अलमलमा सभामुख
गठबन्धन कायम राख्ने कि, एमसीसी पास गर्ने ?

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा पूर्व सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्नीप्रसाद सापकोटा सकारात्मक बन्न नसक्दा प्रतिनिधिसभाको बैठकपछि धकेलिन पुगेको छ ।
चीनसँग नजिकको सम्बन्ध भएकाले एमसीसी संसदमा पेश गर्नबाट रोक्नु र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रेबुअरी १ को डेटलाइन पार गराउन दुवै नेताहरुले आन्तरिक सहमति गरी प्रतिनिधि सभा बैठक पर धकेलिन पुगेको स्रोतले जनाएको छ । पाँच दलीय गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई परिमार्जन गरेर मात्रै संसदमा लैजानु पर्ने अडान दोहोर्याउनु र सभामुखले संसद १० दिनपछि धकेलेपछि कांग्रेसले समेत सभामुखको भूमिकामा असन्तुष्टि प्रकट गरेको छ ।
प्रतिनिधि सभा बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको भन्दै कांग्रेसले गठबन्धनको बैठकमा समेत सभामुखको आलोचना गरेको थियो । सरकारलाई असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने हल्ला राजनीतिक बजारमा तात्तिएको छ । गठबन्धन सरकार बनेको दुई महिनापछि सभामुख सापकोटाले आफू बरु राजीनामा दिन तयार रहेको तर संसदमा एमसीसीको पेश नगर्ने बताएका थिए ।
त्यतिमात्र होइन गृह जिल्ला सिन्धुपाल्चोक पुगेर एक सार्वजनिक कार्यक्रममा जनताको मतलाई अपराधमा प्रयोग नगर्ने भन्दै संसदमा एमसीसी पेश नगर्ने संकेत गरेका थिए । तर, अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्ने संकेत गरेपछि सभामुख अन्यौलमा परेका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन कायमै राख्ने हो एमसीसी पास गरेर जाऔँ भन्ने प्रस्तावले माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झस्काएको छ । ‘अहिले प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो त्यसले गठबन्धन कायम राख्ने हो भने एमसीसी पास गरौ भन्ने जस्तो गरी एमसीसीबारे प्रस्ताव आएको छ यसले हामीलाई झस्काएको सत्य हो’, एकीकृत समावजवादीका एक नेताले भने । उनले सभामुखको गतिविधिबारे कांग्रेस विस्तारै नकरात्मक बन्दै गएको पनि स्वीकार गरे ।
शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिनुअघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको कांग्रेसका आरोप छ । संसद्को बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि कांगेस सकारात्मक बन्न सकेको छैन ।
विगतमा सभामुखकै कारण संसदमा एमसीसी पेश हुन नसकेको भन्दै एमालेले तत्कालीन सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति सन्तुष्ट हुन सकेको थिएन । अहिले कांग्रेस पनि एमालेकै तहमा पुगेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवा जसरी एमसिसी सदनमा टेबुल गराउन चाहन्छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गर्ने सर्तमा मात्र एमसिसीअघि बढाउन चाहन्छन् । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसिसी पारित गर्ने प्रस्ताव राखेको पनि राजनीतिक बजारमा हल्ला छ ।
यद्यपि, एमालले संसदमा एमसिसी पेश गर्न र पास गर्न एमालेको आवश्यकता नभएको बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सरकारसँग बहुमत भएकाले एमालेको त्यसमा कुनै पनि भूमिका नरहने बताएका छन् ।














कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया