श्रममन्त्रीको तलबभत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु ९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको हो ।
मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लव, आमा समुह लगायत सामाजिक संस्थाहरुलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया