शुक्रबार, कार्तिक २३, २०८१

एमसीसी सकस

प्रचण्ड फकाउन कांग्रेस नेताहरुको खुमलटारमा बाक्लो दौडधुप

पूर्णवहादुर खडका देखि ज्ञानेन्द्रवहादुर कार्कीसम्मका नेताको खुमलटार-बालुवाटार ओहोरदोहोर

मेरोन्यूज २०७८ माघ १९ गते ७:५७

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधीसभामा लैजाने-नलैजाने विषयमा सत्तागठबन्धन दलमा देखिएको विवादको समाधान खोज्न कांग्रेसका नेताहरुको दौड जारी छ ।

Advertisement

सत्तागठबन्धनभित्रका दुई मुख्य दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसी सम्झौता यथास्थितीमा संसदवाट अनुमोदन गर्ने पक्षमा नदेखिएपछि सत्ता गठबन्धन र सत्ता वहिर रहेको प्रतिपक्षी दल नेकपा एमाले दुवैतिरको सम्वादमा रहेको कांग्रेस माओवादी अध्यक्ष प्रचण्डलाई फकाउन निक्कै कसरथमा लागेको छ ।

पार्टीभित्र एमसीसी यथास्थितीमा पारित गर्ने नहुने र अर्काेतिर सत्तागठवन्धनको मुख्य दल कांग्रेस जसरी पनि पारित गर्नुपर्ने भन्ने दुवै दवावमा प्रचण्ड यतिवेला छन् । उनीमाथी टिआरसीको विषय देखाउादै अन्तराष्टिय दवाव पनि यतिवेलै निक्कै बढाईएको छ । यस्तो वेला प्रचण्ड के निर्णयमा पुग्छन् ? टुग्गो लागिसकेको छैन । तर उनको पार्टीको आधिकारिक निर्णय भनेकै यथास्थितीमा एमसीसी संसदमा अनुमोदन नगराउने भन्ने प्रष्टै छ ।

सभामुख अग्नि सापकोटाले वरु पद त्याग्ने तर आफु एमसीसी अनुमोदनका लागि अगाडी नवढने भनी दिएको सूचना पनि प्रचण्डसँग छ । १० दिनभित्र अव पारित गर्नुपर्ने र त्यसो नगरे आफु गठबन्धन तोडेरै भएपनि एमसीसी अगाडी बढाउने पक्षमा रहेको अर्काेतिरको सन्देश प्रधानमन्त्रीको प्रचण्डकाहाँ पुगेको छ ।

चीनले उनलाई यो सम्झौता अनुमोदन नगर्न अर्काेतिर प्रेसर हालेको छ, त्यसमाथी अमेरिकाले पनि सिधै वेला वेलामा एमसीसीकी उपाध्यक्ष फातिमा सुमार आफैले भिडियो सम्वाद गरेर एमसीसीमा सहयोग गर्न प्रचण्डमाथी दवाव वढाएकै छिन् । त्यसमाथी बेला बेला अमेरिकाले अनेक खालका धम्कीयुक्त सन्देश पनि प्रचण्डको कानसम्म पुराएकै छन् ।

यही मेसोमा प्रधानमन्त्री अव माघ २६ गते बोलाइएको संसद बैठकमै एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव संसदमा लैजाने तयारीमा जुटेका छन् । त्यसका लागि उनले प्रचण्डमाथी दवाव बढाउन र फकाउन आफना केन्द्रीय नेताहरुलाई निरन्तर प्रचण्ड निवास खुमलटार पठाईरहेकै छ ।

मंगलवार प्रधानमन्त्रीले आफ्नै निवास वालुवाटारमा प्रचण्डलाई बोलाएर एमसीसीमा लचिलो बनिदिन आग्रह गरेका थिए । त्यसको भोलिपल्टै देउवाले पार्टीभित्रका आफुनिकट नेताहरु पूर्णवहादुर खड्का र सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीलाई सम्म अलग अलग रुपमा खुमलटार पुगेर प्रचण्ड मनाउन प्रयास गरिरहेका छन् ।

तर प्रचण्डले अहिलेसम्म यथास्थितीमा एमसीसी पारित गर्ने पक्षमा आफुहरु नरहेको सन्देश कांग्रेस नेताहरुलाई दिँदै फर्काउन थालेका छन् ।

देउवाले गठवन्धन तोडेर भएपनि एमसीसी अगाडी बढाउन चाहेको सन्देश प्रचण्डकाह पुराएपछि प्रचण्ड पनि सम्भावित अर्काे रणनीतिका लागि आन्तरिक छलफलमा जुटिसकेको स्रोतहरुको भनाई छ । देउवाले भने प्रचण्ड र माधव नेपालले नमाने ओलीसँग हात बढाएर भएपनि एमसीसी सदनवाट पारित गराउने तयारी थालेका वुझिन्छ ।

सकभर अहिलेकै गठवन्धनलाई मनाउने देउवाको पहलिो प्राथमिकता देखिन्छ । तर मान्ने स्थिती नबने ओलीसँग हात मिलाउने देउवाको दाउ देखिन्छ । यो स्थितीमा आउने चुनावमा फेरि बाम गठबन्धन निर्माण भई काग्रेस पछारिने पो हो की भन्ने भयले पनि प्रधानमन्त्रीलाई सताएको देखिन्छ । यसले पनि उनले सकभर प्रचण्ड मनाउने दाउ खोजिरहेका छन् ।


त्यही क्रममा उनले प्रचण्ड र माओवादी केन्द्रका नेताहरु काहाँ पार्टी निकट नेताहरुलाई निरन्तर दौडाउने शैली अवलम्बन गरेका छन् । आफै पनि माओवादीका विभिन्न तहका नेताहरुसँग प्रधानमन्त्रीले सम्र्पक गरिरहेका छन् । प्रधानमन्त्रीले सभामुख देखि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसम्मलाई यसमा लचिलो बनिदिन आग्रह गरेका गरयै छन् । तर माओवादीका नेताहरुबाट उनले यस विषयमा अहिलेसम्म सकारात्मक जवाफ पाएका छैनन ।

प्रचण्ड-माधवको वेग्लै दाउ


प्रधानमन्त्री शेरवहादुर देउवाले गठबन्धन तोडेरै एमसीसी अनुमोदन गराउनेतिर लागेपनि आफुहरु टसमस नहुने निर्णयमा माधव नेपाल र प्रचण्ड पुगेका छन् । आउने तिनै तहको चुनावमा प्रष्ट गठबन्धन बनाउन तयार भईसकेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले देउवाले त्यसो गरेमा आउने चुनावमा उनकै लागि घाटा पुग्ने र त्यसले कालान्तरमा आफुहरुलाई नै फाइदा पुग्ने निश्कर्षमा प्रचण्ड र माधव नेपाल पुगेका छन् ।

दिनुहँजसो यस विषयमा सम्वादमा रहेका प्रचण्ड र माधव नेपालले एमसीसीले काग्रेस र एमालेभित्र पनि धुव्रिकरण बढाउने र देउवा र ओली मिलेपनि त्यसको फाइदा आफुहरुलाई नै पुग्ने निश्कर्ष उनीहरुको देखिन्छ । यसका लागि उनीहरुले पनि आन्त्रिक सम्वाद वाक्लो बनाएका छन् ।

प्रतिक्रिया