अमेरिकाले रसियालाई युद्धमा तान्योः पुटिन

मस्को । रसियाली राष्ट्रपति भ्लालमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । युक्रेन तनावबारे पहिलो पटक बोल्दै राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन विवादलाई बहाना बनाउनु अमेरिकाको उदेश्य भएको आरोप लगाए ।
युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरेको पुटिनले बताए । रुसले युरोपको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ ।
युक्रेनको सीमामा ट्यांक, आर्टिलरीलगायतका अत्याधुनिक हतियारसहित एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् ।
रसियाले युक्रेनमाथि आक्रमणको योजना गरेको भन्ने पश्चिमेली देशको आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ । करिब आठ वर्षअघि रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई बिलय गराउन सफल भएको थियो । त्यस्तै, उसले पूर्वी दोनबास क्षेत्रका विद्रोहीको रक्तपातपूर्ण युद्धलाई पनि समर्थन जनाएको थियो ।











युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया