बलिउडका यी अभिनेता बने युवती

काठमाडौं । अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन् । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राखेकी थिइन् ।
तस्वीरमा नवाजुद्दीनलाई श्रीदेवीको जस्तै लुक्समा देखाइएको थियो । यो लुक्सको प्रेरणा पनि श्रीदेवी नै हुन् । नवाजुद्दीनको लेडी लुक्स सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
त्यसो त नवाजुद्दीन भन्दा अघि पनि कैयौं अभिनेताले आफूलाई महिलाको चरित्रमा ढालिसकेका छन् ।
अक्षय कुमार (खिलाडी) : सन् १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिएका थिए । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिएका थिए । फिल्ममा उनीसँगै दीपक तिजोरी पनि युवती बनेका थिए ।
शाहरुख खान (डुब्लीकेट) : सन् १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाएनन्, उनले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गरे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गरेका थिए । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिएका थिए ।
अमिताभ बच्चन (लावारिस) : फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बनेका थिए । उनको मेकअप शैली पनि निकै तािरफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।
कमल हासन (चाची ४२०) : सन् १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गरेका थिए । आफ्नो श्रीमति र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उनको घरमा बसेका थिए ।
आयुष्मान खुराना (ड्रीम गर्ल) : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।
गोविन्दा (आन्टी नं १) : सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं. १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।
सलमान खान (जान–ए–मन) : अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।
राजकुमार राव (लूडो) : सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।
रितेश देशमुख (अपना सपना मनी–मनी) : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।
आमिर खान (बाजी) : सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया