भारतमा थप एक लाख ७२ हजारमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ माघ २० गते १६:३८
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ४३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले जनाएको छ । यसै अवधिमा कोरोनाबाट एक हजार ८ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।
हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालय जनाएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ ।
भारतमा हालसम्म कूल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया