मधेस प्रदेशका चार जिल्लामा घरघर पुगेर कोरोना खोप

काठमाडौँ । मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । कोरोनाविरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो ।
आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका तथा अशक्त र शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजार जनालाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गरे ।
नेपाल सरकारले आगामी चैतसम्ममा शत्प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ । यस खोप अभियानका क्रममा कोरोनाबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नाका साथै कोरोनाविरुद्धको खोप लगाउन छुटेका अन्य नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा घनश्याम भट्टले बताए ।
यस संस्थाको समन्वयमा चार जिल्लालाई चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको छ । हरेक एक जिल्लामा एक गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
















नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया