शनिबार, वैशाख १९, २०८३

एमसीसी र मूल्यवृद्धिविरुद्ध युवा संघद्वारा धनगढीमा विरोध प्रदर्शन

मेरोन्यूज २०७८ माघ २१ गते २०:११

कैलाली । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल कैलालीले विरोध प्रदर्शन गरेको छ ।

Advertisement
NiccNicc

मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी विरोध प्रदर्शन गरिएको हो।नेकपा एमालेको भातृ सङ्गठन युवा संघले अहिले स्थानीय निकायको चुनावको घोषणाको माग गर्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ।

यही सिलसिलामा धनगढीको पार्कमोडबाट ¥यालीसहित कोण सभा गरिएको बताइएको छ।प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर, एमसीसी सम्झौता खारेज गर, स्थानीय तहको निर्वाचन घोषणा गर, परमादेशी सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए।संघका कैलाली जिल्ला इन्चार्ज अरुण कुँवरले सरकारले युवाको आवाज नसुने आन्दोलन चर्काउने चेतावनी दिए।

उनले वर्तमान सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेर प्रतिगमनतर्फ उन्मुख भएको बताए। यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने धारणा राखे। उनले राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज हुनुपर्ने समेत बताए।

प्रतिक्रिया