दक्षिण कोरियामा एकै दिन सबैभन्दा धेरै संक्रमित
मेरोन्यूज
२०७८ माघ २२ गते १५:३६

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितको संख्या भएको अधिकारीहरूले जनाएका छन् ।
स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ संक्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए ।
एकै दिनमा ३६ हजारभन्दा बढी संक्रमित भएको शनिबार पहिलोपटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको कूल संख्या नौ लाख ७१ हजार १८ पुगेको छ ।
नयाँ संक्रमितमध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन् । सोही अवधिमा २२ जनाको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८५८ पुगेको छ ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया