दक्षिण कोरियामा एकै दिन सबैभन्दा धेरै संक्रमित
मेरोन्यूज
२०७८ माघ २२ गते १५:३६

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितको संख्या भएको अधिकारीहरूले जनाएका छन् ।
स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ संक्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए ।
एकै दिनमा ३६ हजारभन्दा बढी संक्रमित भएको शनिबार पहिलोपटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको कूल संख्या नौ लाख ७१ हजार १८ पुगेको छ ।
नयाँ संक्रमितमध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन् । सोही अवधिमा २२ जनाको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८५८ पुगेको छ ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
प्रतिक्रिया