आइतबार, वैशाख २०, २०८३

राप्रपामा मन माझामाझको प्रयास

तोडियो सम्वादहिनता, राजेन्द्र लिङ्देन र कमल थापावीच भेटवार्ता

मेरोन्यूज २०७८ माघ २३ गते १६:२०



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्ष राजेन्द्र लिङ्देनले प्रायास थालेका छन् । उनी आफै निर्वतमान अध्यक्ष तथा आफुसाग चुनावमा पराजित भएका कमल थापाको निवासमा पुगेर लामो समय देखि रहेको सम्वादहिनता तोडेका हुन ।

Advertisement
NiccNicc

थापाले लिङ्देनलाई पत्र लेखि पार्टी निर्वाचनमा पूर्वा राजा र दरवारले खेलेको भूमिकाको छानविन गर्नुपर्ने लगायतका माग राखेका थिए । थापाले लिङ्देन लचक नभए फागुन ७ मा पार्टि नै अर्काे खोल्ने गरी तयारी गरेपछि दुई नेतावीच सम्वाद भएको हो ।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबीच अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच भेटघाट तथा संवाद हुन सकेको थिएन।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापालाई भेट्न लिङ्देन बिहान ११ बजे उनको निवास बुढानिलकण्ठ पुगेका थिए। त्यहाँ दुई बीच एक घन्टा छलफल भएको थियो।

‘निवर्तमान अध्यक्षले वर्तमान अध्यक्षलाई औपचारिक रूपमा भेट गरेर बधाई तथा शुभकामना दिनुभएको थिएन, महाधिवेशनपछि उहाँहरूबीच हिजो भेट भएपछि शुभकामनासँगै संवाद अघि बढेको छ,’ श्रेष्ठले भने।

थापासँग भेटपछि आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवम् विभागीय प्रमुखहरूको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रम भएको थियो। त्यहाँ बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताएका थिए।

प्रतिक्रिया