जसपाका केन्द्रीय सदस्य चौधरीसहित ३२ जना एमालेमा प्रवेश

सप्तरी । जनता समाजवादी केन्द्रीय सदस्य कल्पना चौधरीसहित नेता कार्यकर्ता आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित रुपनगरमा आइतबार आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य चौधरी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।
एमाले कञ्चनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले माला र अवीर लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।
चौधरीसँगै कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोसी नगरपालिकामा जसपाबाट उपप्रमुख पदका प्रत्याशी उम्मेदवार रम्भा सरदार, सप्तकोसी नगर समिति सदस्य बाबुराम चौधरी, नन्दलाल चौधरीलगायत३२ जना नेता, कार्यकर्ता जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई पोलिटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज राजकुमार लेखी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज सरिता गिरीलगायतले माला अवीर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, पार्टीका प्रदेश सदस्य बोधराज सुवेदीलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया