काठमाडौँमा आजदेखि फाइजरको दोस्रो खोप दिने
मेरोन्यूज
२०७८ माघ २४ गते ७:०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि कोरोना भाइरस (कोभिड–१९) को दोस्रो खोप दिने भएको छ । महानगरले फाइजर खोपको दोस्रो मात्रा दिने भएको हो ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी सबै वडामा व्यवस्था गरेको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिबारबाहेक सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाएको २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।
पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानु पर्ने महानगरले सूचना जारी गरेको छ ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया