सोमबार, वैशाख २१, २०८३

यी हुन् मन्त्रिपरिषदका १३ निर्णय

मेरोन्यूज २०७८ माघ २५ गते १६:२५

काठमाडौं । सरकारले मन्त्रिपरिषदको सोमवार बसेको वैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक गरेको छ ।

Advertisement
NiccNicc

सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने लगायतका १३ निर्णय गरेको जनाएको छ ।

त्यस्तै, डिजिटल प्रणालीमार्फत् नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

उनले सरकारले बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ती तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताए ।

सरकारका प्रवक्ता कार्कीले सरकारले नसर्ने रोगहरुकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया