आइतबार, वैशाख २०, २०८३

केपी ओली र शेखर कोइरालाबीच बालकोटमा आकस्मिक भेट

मेरोन्यूज २०७८ माघ २५ गते २१:१२

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता शेखर कोइरालाबीच साँझ आकस्मिक भेटवार्ता भएको छ ।

Advertisement
NiccNicc

एमाले अध्यक्ष केपी शर्मा ओली र कोइरालाबीच ओली निवास बालकोटमा भेटघाट भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न कोइरालालाई मंगलबार साँझ बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमससीसीलाई पेश गर्ने विषयहरु बाहिर आइरहेकाबेला कोइराला बालकोट पुगेका हुन् । साथै स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र कांग्रेसले पाँच दलीय गठबन्धन कायम हुन्छ भनेको अवस्थामा उनीहरुबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली कांग्रेस सहितको गठबन्धनलाई जसरी पनि भत्काउने दाउमा छन् भने कांग्रेस नेता कोइराला समूह पार्टीलाई एकल रुपमा चुनावमा लैजाने पक्षमा छन् । उनीहरुबीच के के विषयमा छलफल भयो भन्नेबारेमा कुनैपनि धारणा बाहिर आएको छैन ।

कांग्रेसभित्र गठबन्धनको पक्ष र विपक्षमा धारणाहरु सार्वजनिक भइरहेका छन् । कोइराला आसन्न निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छन् ।

कसैसँग पनि गठबन्धन गर्नुहुन्न भन्ने कोइराला समूहले भने ओलीसँग भेटघाटलाई प्राथमिकतामा राखेको देखिन्छ । त्यसैगरी एमाले अध्यक्ष ओलीपनि चाडोभन्दा चाडो गठबन्धन भत्काउन तल्लिन छन् । गठबन्धनको विषयमा यी दुवैमा मुद्दा समान रहेकाबेला आजको भेटलाई राजनीतिक अर्थमा महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया