शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् ।
कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।
कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए । उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठक नजिकिएपछि कोइराला समूहले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो । कोइराला समूहले सभापतिसँगको भेटमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया