कांग्रेस पहिलो दल बनाउँन सांस्कृतिक संघद्वारा जनताको घरआँगनमा जाने घोषणा(भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जनाएको छ ।
संघले चैत्र मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्धारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरुमा सहभागिता जनाउने संकल्प र निर्णयपनि गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताए ।
उनले भने,‘देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरु पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन् ।’
कांग्रेसबिना यो मुलुकको समृद्धि र पुर्वाधार खडा हुन नसक्ने उनको दाबी छ । उनले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गरे । उनले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
सांस्कृतिक संघले कांगे्रसलाई आगामी निर्वाचनमा मजबुद बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन÷संरचना विस्तार गर्न लागिएको उनको भनाई थियो ।
उनले भने,‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हांै ।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए । आफुहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि उनले स्पष्ट पारे ।
सबैभन्दा ठुलो कुरा लोकतन्त्र हो भन्दै उनले लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । उनले भने,‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ, तर आफूले गरेको काम बाहिर देखाउँदैन् ।’ लोकतन्त्र र कांग्रेसको बारेमा गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकत्ताबारे सुचित गराउनेपनि उनले बताए ।
७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए । संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए । महामन्त्री राजेन्द्र खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।













तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया