सत्तासिन पार्टी नै एकपछि अर्काे गदैं सडक संर्घषमा
राष्ट्रिय जनमोर्चापछि नेकपा (एकीकृत समाजवादी) पनि फागुन १ गते देशव्यापी सडकमा उत्रने

काठमाडौं । सत्तामा बसेर सत्तासिन पार्टीहरु नै सरकारको विरुद्धमा सडक संर्घषमा उत्रन थालेका छन् । अहिले कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा आबद्द छन् ।
सरकारमा बसेर सरकारकै विरुद्दमा संर्घषमा उत्रनु सामान्यतया नैतिकताले पनि मिल्दैन । तर सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता संसदवाट अनुमोदनको तयारी गरेपछि सत्तासिन पार्टी राष्ट्रिय जनमोर्चा आज देखि सडकमा उत्रेको छ । उसले संसदभन्दा वाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतका दलहरुसँग मिलेर सडक संर्घषमा उत्रेको हो ।
६ पार्टी र दुई मोर्चाले आज एम्सीसी विरुद्द माइतीघर देखि बानेश्वरसम्म प्रर्दशन गरेको थियो । यो प्रर्दशनमा सत्तागठबन्धनभित्रै रहेको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो ।
राष्ट्रिय जनमोर्चा मात्रै होइन, अव सत्ता गठबन्त्रधनको अर्काे दल नेकपा एकीकृत समाजवादी पनि सडक संर्घषमा उत्रने तयारीमा लागेको छ । उसले आउने फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सत्तासिन दल नेकपा एस सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो । सोही निर्णयका आधारमा फागुन १ गते एम्सीसी विरुद्ध नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनहरु सडक संर्घषमा देशब्यापी रुपमा उत्रने निर्णय भएको मोर्चा संगठन प्रमुख डा विजय पौडेलले बताए ।
फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध उसले प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यसका लागि जनवर्गीय संगठनहरुलाई बैठकले निर्देशन दिएको छ ।
एमसीसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो ।
सरकारमै रहेको नेकपा (माओवादी केन्द्र) पनि एमसीसीको विपक्षमा छ । उसले पनि माघ २८ र २९ गते बोलाएको पार्टीको केन्द्रीय समिति बैठकपछि आफना जनवर्गीय संगठनलाई संर्घषमा उतार्ने तयारी गरिरहेको वुझिएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया