एमसीसीको विरोधमा साना वाम दलको प्रर्दशन (फोटोफिचर)
काठमाडौं । सरकारले संसदमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदनका लागि लैजाने तयारी गरेपछि त्यसको विरोधमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना वामपन्थी दलले वुधबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गरेको हो । उनीहरूले बानेश्वरस्थित संसद भवन घेराउ समेत गरेका छन् ।
विरोध प्रर्दशन पछिको सभालाई ति दलका नेताहरुले सम्वोधन समेत गरेका थिए । विरोध प्रर्दशनलाई सम्वोधन गदै राष्टिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकाले एमसीसीका नाममा नेपाललाई खसी देखाएर फर्सी भिराउन खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष केसीले भने, ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न, अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरूसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो । अहिले धेरैले मलाई सोध्ने प्रश्न के हो भने, एमसीसीका कारण गठबन्धन जान्छ कि के हो ? गठबन्धन ढल्छ कि के हो ? पिरलो त गठबन्धनको पो छ त ल ! गठबन्धनमा त्यहाँ भएका कतिपयले त नेपाली कांग्रेस बाहेक अरुले कम से कम संशोधन हुनुपर्छ, एमसीसी जस्ताको त्यस्तै स्वीकार हुँदैन भनेका छन्, त्यो पनि एउटा राम्रै पक्ष हो ।
हेर्नुहोस् तस्विरहरु

























आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया