मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न बतास समूह सर्वोच्च अदालत पुग्यो

काठमाडौं । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।
‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन ।
अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।
केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतसा समूहल सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।














राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया