बुधबार, पुष १६, २०८२

भोलि कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

मेरोन्यूज २०७८ माघ २७ गते १९:१९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए । महतका अनुसार बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहको छ ।

‘नेताहरुको बोल्ने क्रम सकिएको छैन, भोलि पनि नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ उनले भने । उनका अनुसार बैठक भोलि सक्ने तयारी छ ।

आजको बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नु पर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्य सम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।

प्रतिक्रिया