नालीमा फसेर गैँडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी

चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिँगे गैँडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पूरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैँडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको छ ।
मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो । गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा दुर्लभ एकसिंगे भाले गैंडा मरेको थियो ।
उक्त घटनाको विषयमा रायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले माघ ११ गते कार्यदल बनाएको थियो । वातावरणी प्रभाव मूल्यांकन (ईआईए) गर्नु पर्ने सडकको कामलाई प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ)को प्रकृयामा लगिएको पाइएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।
‘१० किमीभन्दा बढी भएको भए ईआईए गर्नुपर्ने भएकाले त्यसलाई छल्नका लागि आईइइको प्रकृयामा हालिएको तर त्यसको पनि काम पूरा नभएको भन्ने छ’, उनले भने ।
ईआईए गर्नुपर्ने काममा सडक डिभिजनबाट नियमको उल्लघंन भएको उनले बताए ।
‘अर्को कुरा, त्यो कन्स्ट्रक्सनको बेला अनुगमन गर्नुपर्ने र प्राविधिक हिसाबले हेर्नुपर्ने कुरामा लापरबाही भयो । हेरिएन भन्ने विषय छ । निकुञ्जबाट त्यसको अनुगमन गर्नुपर्थ्यो । सुरक्षाकर्मीबाट हेर्नुपर्थ्यो । त्यो विषयमा कमी कमजोरी रह्यो भन्ने छ’, उनले भने ।
लापरबाही गर्ने निकायले अनुसन्धान गर्दै
व्यक्ति विशेषलाई कारबाही गर्नुपर्ने भनेर सिफारिस भने नभएको उनले बताए । व्यक्ति विशेषलाई कारबाहीका लागि निकुञ्जले गरेको अनुसन्धानका आधारमा हुने उनी बताउँछन् ।
यस हिसाबले आफ्नो कमजोरीलाई लुकाएर निकुञ्जले अरुलाई नै कारबाही गर्न गर्न सक्ने आशंका बढेको छ । मध्यवर्ती क्षेत्रमा निर्माणाधीन पूर्वाधारको निकुञ्जले अनुगमन नगरेको प्रतिवेदनले बताएको छ ।
त्यतिमात्रै नभएर लापरबाही गर्ने निकुञ्ज र सडकका कर्मचारीलाई निजामती सेवा ऐन अनुसार कारबाहीको लागि सिफारिस गरिएको छ ।
‘कानुनी कारबाहीका लागि छानविनको काम त बाँकी नै छ । त्यहाँको अनुसन्धान अधिकृतले गरिरहनु भएको छ । त्यो अनुसार हुने हो’, उनले भने । वन्यजन्तुमैंत्री पूर्वाधार बनाउने र समन्वयकारी ढंगले काम गर्नुपर्ने कुरालाई समेटेर कार्यदलले सुझाव दिएको छ ।
कार्यदलमा वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसी, वन तथा वातावरण मन्त्रालयका उपसचिव ९कानुन० रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल थिए ।
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया