बुधबार, पुष १६, २०८२

कोरोनाले बन्द पशुपतिनाथ मन्दिर खुल्यो

मेरोन्यूज २०७८ माघ २८ गते ८:११

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजदेखि खुलेको छ ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठ मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनु पर्ने छ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिने छ ।

गत ५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । सिसिएमसिसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया