शुक्रबार, चैत ६, २०८२

निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ, सजकताका साथ लागौँ : अध्यक्ष ओली

मेरोन्यूज २०७८ माघ २८ गते १३:५७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले आगामी वैशाख ३० गते हुने निर्वाचनप्रति आशंका व्यक्त गदै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमाथि शंका व्यक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार दिउँसो पार्टीले राखेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूको पहिलो काम निर्वाचनलाई निस्पक्ष र सही ढंगमा सम्पन्न गर्नमा जोड दिने बताए । ‘एउटा उखान छ नि ढाँटको निम्तो खाइ पत्याइनु, जबसम्म खाइँदैन तबसम्म ढाँटले निम्तो गर्यो भने भोकै बस्न पर्छ,’ उनले भने, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नु पर्छ, निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ ।’

‘मैले विश्वास लिएको छु, हामीले आगामी निर्वाचनको तयारी गरिरहेको अवस्थामा सरकारले देशको हितविपरीत कुनै काम गर्न नपाउने गरी पनि हेर्नुपर्ने छ,’ उनले भने । उनले एमालेको दबाबका कारणले मात्रै विं.सं. २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय निर्वाचन हुने भएको बताए ।

उनले स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी केही दल अदालत जाने, कोही निर्वाचन हुनै सक्दैन भन्दै हिडेकाले आशंका बढाएको बताए । उनले देशलाई प्रतिगमनमा पुर्याउने दलहरू मिलेर गठबन्धन सरकार बनाएकाले सचेत हुन आवश्यक भएको बताए ।

‘हामी सबैलाई थाहा छ, संघीयता भन्ने तर स्थानीय तहलाई अधिकारविहीन निष्प्रभावित संस्थाका रुपमा मात्रै राख्ने तयारी गरेकाहरू सरकारमा छन् ,’ उनले भने, ‘संविधान जारी भएको दिनलाई कालो दिन भन्दै यसैको भत्ता खाँदै आएका छन्, त्यसैले हामी लोकतन्त्रको पक्षमा हुनु आवश्यक छ ।’

उनले कार्यक्रममा बोल्दै गत स्थानिय निर्वाचनमा एमालेले ल्याएको बहुमतदेखि प्रतिगामीहरू डराएको बताए । ‘म अहिले नै भनिदिन्छु, स्थानीय निर्वाचनमा मात्रै होइन, आगामी प्रदेश र केन्द्रीय निर्वाचनमा गठबन्धनलाई पराजित गरी बहुमत ल्याउँछौँ, यसबाट कोही नभागे हुन्छ,’ अध्यक्ष अ‍ोलीले भने ।

प्रतिक्रिया