फागुन १ देखि सर्वाेच्च परिसरमै फेरि बारले आन्दोलन चर्काउने

काठमाडौं । प्रधानन्यायाधीस चालेन्द्र शम्शेर जवराको राजीनामा माग गदै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले पुनः भौतिक उपस्थितीमै आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिकरुपमै फेरि सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जनाएका छन् ।
पौडेलले शुक्रबार वक्तब्य जारी गदै त्यस्तो जानकारी गराएका हुन् ।
बार न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।
‘सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड-१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुयल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित हाम्रो आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनु हुने सम्पूर्ण कानून व्यवसायीज्यूहरुको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं’, बार महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस विज्ञेप्तीको पूर्ण पाठ

















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया