पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

बनेपा । काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको शनिवार अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो ।
महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए ।
अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ । यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ ।
मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ । साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया