प्रचण्डलाई प्रधानमन्त्रीको प्रष्टोक्ति : सभामुख हटाउने विषय सोच्न पनि सकिन्न

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका छन् । सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता सदनमा पेश नगरी अल्झाईरहेको र प्रधानमन्त्रीले भने संसदमा लान चाहेको धारणाका वीच सभामुख हटाउने विषयमा पनि कांग्रेसभित्र छलफल चलेको समाचार सार्वजनिक भईरहँदा प्रधानमन्त्रीको त्यस्तो धारणा आएको हो
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच भएको भेटमा प्रधानमन्त्रीले सभामुखका विषयमा केही नसोचिएको बताएका हुन् ।
कांग्रेस र एमाले मिलेर सभामुख हटाउन भित्री छलफल चलेको र त्यसका लागि हस्ताक्षर समेत शुरु भएको चर्चा चलिरहेका बेला बालुवाटार भेटमा प्रचण्डले प्रधानमन्त्रीसँग यस बारेमा जिज्ञासा राखेका थिए । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवाले यस विषयमा सोच्न पनि नसकिने धारणा राखेका हुन् ।
‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ प्रधानमन्त्रीले प्रचण्डलाई प्रष्टोक्ति दिएका थिए ।
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया