शुक्रबार, पुष १८, २०८२

जनयुद्धको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

मेरोन्यूज २०७८ फागुन १ गते ७:५७

काठमाडौँ । मधेस प्रदेशले आज जनयुद्ध दिवस मनाउँदै छ । यसअघि मधेस बलिदानी दिवस मनाउँदै आएको यसपटक प्रदेश सरकारले तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाएको हो ।

मधेस सरकारमा गत साउनदेखि नेकपा माओवादी केन्द्रसमेत सहभागी भएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेस प्रदेश सरकारले दिवस मनाउँदै सार्वजनिक बिदा दिएको छ ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिइएको छ ।

प्रतिक्रिया