मधेस प्रदेशमा जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेश जाने भएका छन् । २७ औँ जनयुद्धको अवसरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन उनी मधेस प्रदेश जाने भएका हुन् ।
पार्टी कार्यलय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफू मधेस प्रदेशको जनयुद्ध कार्यक्रममा सहभागी हुने बताए । यसपटक प्रदेश सरकारले तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउने भएको हो ।
मधेस सरकारमा गत साउनदेखि नेकपा माओवादी केन्द्रसमेत सहभागी भएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा प्रदेश सरकारले दिवस मनाउँदै सार्वजनिक बिदा दिएको छ ।
जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथिमा ‘प्रचण्ड’लाई निम्तो दिइएकाले उनी जाने भएका हुन् ।














धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया