आइतबार, माघ ४, २०८२

एमालेको कारबाहीमा परेका १४ सांसदविरुद्धको मुद्दा पेशीमा

मेरोन्यूज २०७८ फागुन १ गते ११:२५

काठमाडौँ । प्रतिनिधिसभाका १४ जना सांसदलाई पद मुक्त गर्नु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको छ । एक महिना लामो बन्द भई आजदेखि अदालत खुलेसँगै एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको हो ।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको दुई मुद्दा एकसाथ पेसीमा चढेको हो ।

प्रतिक्रिया