बिहीबार, पुष १७, २०८२

एमाले उपाध्यक्ष बादलले दिए ‘जनयुद्ध दिवस’ को शुभकामना

मेरोन्यूज २०७८ फागुन १ गते ११:५३

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । २७ औं जनयुद्द दिवसको अवसर पारेर बादलले सामाजिक संजालमार्फत शुभकामना दिएका हुन् ।

माओवादी जनयुद्धका एक शीर्ष नेताका रुपमा बादलले शुभकामना सन्देशमा ओवादी युद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मरण गरेका छन् ।

‘२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’ बादलले शुभकामना सन्देशमा भनेका छन् ।

प्रतिक्रिया