बिहीबार, पुष १७, २०८२

प्रधानन्यायाधीसलाई महाअभियोगबारे एमालेको प्रतिक्रिया : लोकतन्त्रविरुद्धको गम्भीर षड्यन्त्र

मेरोन्यूज २०७८ फागुन १ गते १२:३७

काठमाडौं । प्रधनन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्ध सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनको उक्त कदमको कडा निन्दा गरेको छ ।

प्रतिपक्षी दललाई थाहा पत्तो समेत नदिईप्रधानन्यायाधीशविरुद्धको महाअभियोग दर्ता गराउनु अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको टिप्पणी एमालेले गरेको छ ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्र हुन सक्ने आशंका एमालेले गरेको छ ।


परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्‍याउँदा पनि अदालतप्रति सत्ता गठबन्धन सन्तुष्ट हुन नसकेको एमालेले भनेको छ ।

प्रतिक्रिया